लोड हुँदैछ...

मेनु

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौँ । नेपाली तथा भारतीय चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान निधन भएको छ। हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। लामो समयदेखि नेपाली र भारतीय चलचित्र क्षेत्रमा सक्रिय थापा शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए।

दुवै देशका चलचित्र उद्योगमा आफ्नो बेग्लै पहिचान बनाएका थापाको निधनले कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। विशेषगरी चरित्र अभिनय र खलपात्रको भूमिकामा उनी दर्शकमाझ निकै लोकप्रिय थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।