लोड हुँदैछ...

मेनु

झापा यसपटक पूर्ण रूपमा सूर्यमय हुन्छ: अध्यक्ष ओली

झापा यसपटक पूर्ण रूपमा सूर्यमय हुन्छ: अध्यक्ष ओली

भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा यसपटक पूर्ण रूपमा ‘सूर्यमय’ हुने दाबी गरेका छन् । शुक्रबार गृहजिल्ला झापा आउने क्रममा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले झापाली जनताको अपार माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै आगामी दिनमा झापालाई एमालेको बलियो किल्लाका रूपमा स्थापित गर्न सबै नेता, कार्यकर्ता र समर्थकहरूलाई आ–आफ्नो स्थानबाट योगदान पुर्‍याउन आग्रह गरे ।

उनले पार्टी निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै भने,‘युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेका छन् । युवापुस्ताको यो ऊर्जा, उत्साह र सहभागिताले पार्टीलाई अझ मजबुत र गतिशील बनाउनेछ ।

अध्यक्ष ओलीलाई स्वागत गर्न चन्द्रगढी विमानस्थलमा नेकपा ९एमाले० का सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाल लगायतका शीर्ष नेताहरू पुगेका थिए । सो अवसरमा ठूलो संख्यामा पार्टी कार्यकर्ता र युवाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।