लोड हुँदैछ...

मेनु

इटहरीमा रास्वपा उम्मेदवारकै माला हुत्याइदिए बालेनले

इटहरीमा रास्वपा उम्मेदवारकै माला हुत्याइदिए बालेनले

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुनसरीमा आफ्नै पार्टीका उम्मेदवारले गरेको सम्मान अस्वीकार गरेका छन् ।

रास्वपाबाट सुनसरी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका लालविक्रम थापाले बालेनलाई स्वागत गर्दै लगाइदिन खोजेको माला अस्वीकार गर्दै बालेनले फ्याँकेका हुन् ।

बालेनलाई चुनावी प्रचारप्रसारका लागि रास्वपाले उत्साहका साथ बुधबार सुनसरी बोलाएको थियो । त्यसक्रममा उनलाई स्वागत गर्न पार्टीका कोशी प्रदेश महामन्त्री रहेका थापाले माला लगाइदिने प्रयास गरेका थिए। तर, बालेनले माला हुत्याएर अगाडि बढेका थिए ।

आफ्नो सम्मान अस्वीकार भएपछि थापा अलमलमा परेका थिए ।बालेन सुनसरी आउने जानकारी पाएपछि पार्टीका नेता तथा कार्यकर्ताहरू उत्साहका साथ स्वागतका लागि पर्खिरहेका थिए। तर, स्वागतको क्रममा माला अस्वीकार गरिएपछि महामन्त्री थापा निराश देखिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै देशव्यापी प्रचार अभियान सञ्चालन गरिरहेको छ। सोही अभियान अन्तर्गत तेस्रो चरणको कार्यक्रम अनुसार बालेन आज मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानमा पुग्ने कार्यतालिका अनुसार इटहरी आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।