लोड हुँदैछ...

मेनु

दिलिप बगडियाले भने, ‘म पूर्वाञ्चलको बालेन हुँ’

दिलिप बगडियाले भने, ‘म पूर्वाञ्चलको बालेन हुँ’

मोरङ । आगामी निर्वाचनको माहोल तातिरहेका बेला मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिलीप बगडियाले आफूलाई ‘पूर्वाञ्चलको बालेन’ को रूपमा प्रस्तुत गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चर्चा र काम गर्ने शैलीमाथि प्रश्न उठाएका छन्। एउटा चुनावी कार्यक्रममा बोल्दै बगडियाले मैथिली भाषामा सम्बोधन गर्दै छन्, “लोके एउटा हावा चलेने छै, बालेन बालेन बालेन। एई ठ्याँको उम्मेदवार बालेन छै? नै छै।” (मानिसहरूले एउटा हावा चलाएका छन्– बालेन, बालेन, बालेन। यहाँको उम्मेदवार बालेन हो र? होइन।)

उनले काठमाडौंको बालेन शाहभन्दा आफूले रंगेलीमा धेरै काम गरेको दाबी गरे। बगडियाले अगाडि भने, ‘त अहा के उ काठमाण्डु के बालेन नजर आबैछै, लेकिन् एई पूर्वाञ्चल के बालेन अहा के नजर नै आई रहल छै? रंगेलीमा बालेन से कम काम केने छियै?” (तपाईंलाई काठमाडौंको बालेन त देखिनुहुन्छ, तर यो पूर्वाञ्चलको बालेन देखिरहनुभएको छैन? रंगेलीमा मैले बालेनको भन्दा कम काम गरेको छु र?)

बगडियाले बालेन शाहको कामलाई ‘तोडफोड’ को संज्ञा दिँदै प्रश्न गरे, “बालेन त काठमाण्डुमा तोडफोड न केल्कै, बनैलकै कथि? एउटा चिज देखाइदियौ त बनैइयेल। उही फुटपाथमा टाइल लगैलकै… पुर्ना टाइल के उजार के नयाँ टाइल लगा देल्कै। कि केल्कै बालेन? कनी हमरा देखाइदियौ बतादियौ।” (बालेनले त काठमाडौंमा तोडफोड मात्रै गरे, के बनाए त? उनले बनाएको एउटा कुरा देखाइदिनुहोस् त। त्यही फुटपाथमा टाइल लगाए… पुरानो टाइल उप्काएर नयाँ टाइल लगाइदिए। बालेनले के गरे? मलाई अलिकति देखाइदिनुस्, बताइदिनुस्।) आफ्नो कामको तुलना गर्दै उनले भने, “बालेन हमर पासंगमा काम नै केने छै।” (बालेनले मेरो तुलनामा केही काम गरेका छैनन्।)

भाषणको अन्त्यमा उनले जनतालाई आफ्नै गाउँ-घरको ‘बालेन’ खोज्न आग्रह गर्दै भने, “हमर कहक मतलब, हम ककरो बिरोध नै क रहल छियै। हमर कहक मतलब आपन बालेन के भी अहा सब खोजु कत छै। गाउँ घर के बालेन कत छै से खोजु।” (मेरो भन्नुको अर्थ म कसैको विरोध गरिरहेको छैन। मेरो भन्नुको अर्थ तपाईँहरू आफ्नो बालेन पनि खोज्नुहोस् कहाँ हुनुहुन्छ। गाउँ-घरको बालेन कहाँ छ, त्यो खोज्नुहोस्।)

‘नगर फेर्यौँ उत्साहले, अब क्षेत्र फेर्नेछौँ विश्वासले’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका बगडिया नेकपा एमालेबाट उम्मेदवार बनेका हुन्। रंगेली नगरपालिकाको पूर्व मेयर समेत रहेका बगडियाले आफ्नो कार्यकालमा भएका विकास निर्माणका कार्यलाई नै मुख्य चुनावी एजेन्डा बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।