लोड हुँदैछ...

मेनु

हिसान स्कुल भलिबलमा छात्रतर्फ पिसजोन र छात्रातर्फ लर्डबुद्ध च्याम्पियन

हिसान स्कुल भलिबलमा छात्रतर्फ पिसजोन र छात्रातर्फ लर्डबुद्ध च्याम्पियन

इटहरी । हिसान सुनसरीको स्पोर्ट्स मिट अन्तर्गत आयोजित हिसान स्कुलस्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फ पिसजोन स्कुल र छात्रातर्फ लर्डबुद्ध इन्टरनेशनल स्कुलले उपाधि जितेका छन् ।

इटहरी–तरहरास्थित पूर्वाञ्चल सेकेण्डरी स्कुलको भलिबल कोर्टमा मंगलबार सम्पन्न छात्रतर्फको फाइनल खेलमा पिसजोन स्कुलले घरेलु टोली पूर्वाञ्चल सेकेण्डरी स्कुललाई पराजित गर्दै उपाधि हात पारेको हो ।

लर्डबुद्ध इन्टरनेशनल स्कुल तेस्रो स्थानमा सीमित भयो । छात्रतर्फ पिसजोनका अश्मीन विक उत्कृष्ट खेलाडी घोषित भए भने आयोस सरदार बेस्ट सेटर बने । पूर्वाञ्चल सेकेण्डरीका प्रनेश भुजेल बेस्ट सर्भर, डेनिस श्रेष्ठ बेस्ट स्पाइकर र सत्यम लिम्बु बेस्ट डिफेन्स घोषित हुँदा लर्डबुद्धका प्रशव चौधरी बेस्ट ब्लकर बने ।

यस्तै, छात्रातर्फको फाइनल खेलमा लर्डबुद्ध इन्टरनेशनल स्कुलले विश्वआदर्श स्कुललाई पराजित गर्दै उपाधि जित्यो । यस विधामा पूर्वाञ्चल सेकेण्डरी स्कुल तेस्रो स्थानमा रह्यो । छात्रातर्फ लर्डबुद्धकी श्वेशा चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् भने स्मृति चौधरी बेस्ट डिफेन्स र आस्था चौधरी बेस्ट सेटर बनिन् । पूर्वाञ्चल सेकेण्डरीकी काजल श्रेष्ठ बेस्ट ब्लकर र विपना कार्की बेस्ट स्पाइकर घोषित भइन् भने विश्वआदर्श स्कुलकी युबिना तामाङ बेस्ट सर्भर बनिन् ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र र छात्रा दुवै विधामा १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक विशाल कार्कीले जानकारी दिए । प्रतियोगिताले विद्यालयस्तरमै भलिबल प्रतिभा पहिचान र खेलप्रतिको आकर्षण बढाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।