लोड हुँदैछ...

मेनु

निर्वाचनको लागि कांग्रेसले तोक्यो जिल्ला कमान्डर, कोशीका कुन जिल्लामा को कमान्डर ? (सूचीसहित)

निर्वाचनको लागि कांग्रेसले तोक्यो जिल्ला कमान्डर, कोशीका कुन जिल्लामा को कमान्डर ? (सूचीसहित)

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका जिल्लाहरूमा कमान्डर (निर्वाचन परिचालन जिम्मेवारी) तोकेको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत र जिल्लागत जिम्मेवारी बाँडफाँट गरेको हो।

कांग्रेसले मधेशबाहेकका ६ वटा प्रदेशमा निर्वाचन लक्षित अभियानलाई तीव्र पार्न नेताहरूलाई खटाएको छ। जसअन्तर्गत कोशी प्रदेशका १४ वटै जिल्लालाई तीनवटा क्लस्टरमा विभाजन गरी केन्द्रीय नेताहरूलाई जिम्मेवारी सुम्पिएको छ। उपसभापति शर्माको नेतृत्वमा रहेको यो समितिले चुनावी रणनीति बनाउने, उम्मेदवार चयनमा समन्वय गर्ने र पार्टीभित्रको आन्तरिक एकता कायम गर्दै मतदातासम्म पुग्ने काम गर्नेछ।

पार्टीले समयमै निर्वाचन सम्पन्न गराउन र नवनिर्वाचित प्रतिनिधिमार्फत मुलुकलाई नयाँ दिशा दिन यो परिचालन समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छ। फागुन २१ को निर्वाचनलाई लक्षित गरी कांग्रेसले देशैभर सांगठनिक गतिविधिलाई तीव्रता दिएको छ।

कोशीका कुन जिल्लामा को कमान्डर?

१. ताप्लेजुङ, पाँचथर, इलाम र झापा:
यी चार जिल्लाको चुनावी कमान्ड सम्हाल्ने जिम्मेवारी डा. डिला संग्रौला, भीष्मराज आङदम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई दिइएको छ।

२. संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी:
अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई जिम्मेवारी तोकिएको छ।

३. सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुर (सप्तरी र सिरहासहित):
वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई खटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds