ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी डिल्लीरमण बराललाई दिएको छ । पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
कार्यवाहकको जिम्मेवारी पाएका बरालले पार्टी सञ्चालनको जिम्मेवारी सुरु गरिकेको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिए । उनका अनुसार निर्वाचन परिचालन समिति बनाउने, जिम्मेवारी बाँडफाँड गर्नेलगायतका निर्णय बरालकै अध्यक्षतामा बसेको बैठकले गरेको हो ।
बराल यस अघि उपसभापतिको जिम्मेवारीमा थिए । तुम्याहाङ घरदैलो तथा चुनावी अभियानका लागि सदरमुकामबाट गाउँ प्रवेश गरिसकेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।