विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेश गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ। आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन बमोजिम योग्यता नपुगेका र विभिन्न कानुनी प्रक्रियामा अयोग्य देखिएका उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको हो। आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार विभिन्न मितिमा भएका निर्णय, उजुरी र राजनीतिक दलहरूबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रुजु गर्दा उनीहरू अयोग्य देखिएका हुन्।
यसरी नाम हटाइएकाहरूमध्ये सबैभन्दा धेरै २५ जना उम्मेदवारहरू प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेत नाम कायम रहेका कारण प्रतिनिधिसभाको सूचीबाट बाहिरिएका छन्। त्यसैगरी कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना र यसअघि निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि अयोग्यताको सूचीमा परेको छ। उम्मेदवार हुनका लागि आवश्यक न्यूनतम २५ वर्ष उमेर पुरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना र पिछडिएको क्षेत्रको नामावलीमा नरहेका २ जनाको उम्मेदवारी समेत रद्द भएको छ।
आयोगले महिला उम्मेदवार पेश गर्नुपर्ने क्लस्टरमा पुरुष उम्मेदवारको नाम पेश भएका १ जना र सम्बन्धित राजनीतिक दलले नै नाम हटाउन पत्र लेखेका १० जनाको नाम पनि सूचीबाट हटाएको जनाएको छ। कतिपय उम्मेदवारको हकमा भने एकभन्दा बढी कारणले अयोग्य ठहरिएको आयोगको ठहर छ। यसरी नाम हट्नेहरूमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दलका उम्मेदवारहरू रहेका छन्। आयोगले यसबारे विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्दै स्वच्छ र निष्पक्ष निर्वाचनका लागि कानुनी प्रावधानहरूको कडाइका साथ पालना गराइने प्रतिबद्धता व्यक्त गरेको छ।
बन्दसूचीबाट नाम हटाइएका उम्मेदवारहरूको नामावली:
१. पुजा कुमारी चौधरी (प्रजातान्त्रिक पार्टी नेपाल) – उमेर नपुगेको
२. प्रियंका राय (उन्नत लोकतन्त्र पार्टी) – उमेर नपुगेको
३. अञ्जिता माया वाइबा (नेकपा एकीकृत समाजवादी) – प्रदेश सूचीमा नाम रहेको
४. मुना प्रधान (एकल चुनाव चिन्ह कैंची) – उमेर नपुगेको
५. किरण देवी (नेपाली जनता दल) – मतदाता नामावलीमा नाम नभएको
६. सबिन श्रेष्ठ (प्रजातान्त्रिक पार्टी नेपाल) – प्रदेश सूचीमा नाम रहेको
७. अनित कुमार साह (प्रजातान्त्रिक पार्टी नेपाल) – प्रदेश सूचीमा नाम रहेको
८. भवानी दमाई (जनप्रिय लोकतान्त्रिक पार्टी) – प्रदेश सूचीमा नाम रहेको
९. प्राणी देवी महसेठ (राष्ट्रिय एकता दल) – प्रदेश सूचीमा नाम रहेको
१०. शेष बहादुर मोक्तान (एकल चुनाव चिन्ह ज्योती) – प्रदेश सूचीमा नाम रहेको
११. बसन्त कुमार हमाल (एकल चुनाव चिन्ह ज्योती) – प्रदेश सूचीमा नाम रहेको
१२. देवु सिंह नेपाली (नेकपा एकीकृत समाजवादी) – प्रदेश सूचीमा नाम रहेको
१३. ममता यादव (नेकपा एकीकृत समाजवादी) – प्रदेश सूचीमा नाम रहेको
१४. धन बहादुर पुन (नेपाली कांग्रेस) – प्रदेश सूचीमा नाम रहेको
१५. दिल कुमारी थापा (नेपाली कांग्रेस) – प्रदेश सूचीमा नाम रहेको
१६. मिनु थापा (नेपाली कांग्रेस) – प्रदेश सूचीमा नाम रहेको
१७. गो माया थापा (नेपाली कांग्रेस) – प्रदेश सूचीमा नाम रहेको
१८. दिपेन्द्र बहादुर थापा (नेपाली कांग्रेस) – प्रदेश सूचीमा नाम रहेको
१९. सावित्री देवी चौधरी (राष्ट्रिय परिवर्तन पार्टी) – प्रदेश सूचीमा नाम रहेको
२०. डम्बर बहादुर गुरुङ (नेकपा एकीकृत समाजवादी) – प्रदेश सूचीमा नाम रहेको
२१. धन्य कुमारी प्रतिहार (नेपाल मातृभूमि पार्टी) – प्रदेश सूचीमा नाम रहेको
२२. जसदा लिम्बु (नेकपा माओवादी केन्द्र) – प्रदेश सूचीमा नाम रहेको
२३. सीता यादव (नेकपा माओवादी केन्द्र) – प्रदेश सूचीमा नाम रहेको
२४. मनमाया थापा (नेकपा एकीकृत समाजवादी) – प्रदेश सूचीमा नाम रहेको
२५. रेवती कुमारी न्यौपाने (नेकपा एकीकृत समाजवादी) – प्रदेश सूचीमा नाम रहेको
२६. ऋषिमाया खड्का पाख्रिन (नेकपा एकीकृत समाजवादी) – प्रदेश सूचीमा नाम रहेको
२७. जानुका बस्नेत (संयुक्त नागरिक पार्टी) – प्रदेश सूचीमा नाम रहेको
२८. हुम बहादुर पुन (संयुक्त नागरिक पार्टी) – प्रदेश सूचीमा नाम रहेको
२९. पद्म बहादुर गुरुङ (संयुक्त नागरिक पार्टी) – प्रदेश सूचीमा नाम रहेको
३०. नबिन साह (संयुक्त नागरिक पार्टी) – प्रदेश सूचीमा नाम रहेको
३१. राम बहादुर महत (नेपाली कांग्रेस) – कालो सूचीमा रहेको
३२. बखुनमा देवी चौधरी (एकल चुनाव चिन्ह मोबाइल) – कालो सूचीमा रहेको
३३. रेहाना खातुन (नेकपा एकीकृत समाजवादी) – कालो सूचीमा रहेको
३४. लक्ष्मी देवी साह (एकल चुनाव चिन्ह मोबाइल) – कालो सूचीमा रहेको
३५. कमला क्षेत्री (नेपाल समाजवादी पार्टी) – कालो सूचीमा रहेको
३६. हिरेन्द्र कुमारी साह (नेपाल समाजवादी पार्टी) – कालो सूचीमा रहेको
३७. गजेन्द्र कुमार मेहता (नेपाल समाजवादी पार्टी) – कालो सूचीमा रहेको
३८. मा असबुललाह (जनमत पार्टी) – कालो सूचीमा रहेको
३९. सुमित्रा राई (जनमत पार्टी) – कालो सूचीमा रहेको
४०. राजु मिसार (जय मातृभूमि पार्टी) – कालो सूचीमा रहेको
४१. प्रीति गुप्ता पटेल (जय मातृभूमि पार्टी) – कालो सूचीमा रहेको
४२. लक्ष्मी श्रेष्ठ (नागरिक शक्ति नेपाल) – कालो सूचीमा रहेको
४३. जैतुन बानु (नेकपा माओवादी केन्द्र) – कालो सूचीमा रहेको
४४. प्रतिमा देवी यादव (नेपाली जनता दल) – कालो सूचीमा रहेको
४५. पुनम ओझा (मितेरी पार्टी नेपाल) – कालो सूचीमा रहेको
४६. गायत्री राई (मितेरी पार्टी नेपाल) – कालो सूचीमा रहेको
४७. विजन बसन्त (मितेरी पार्टी नेपाल) – कालो सूचीमा रहेको
४८. सुनिता पौडेल (मितेरी पार्टी नेपाल) – कालो सूचीमा रहेको
४९. दीपक चौधरी (राष्ट्रिय एकता दल) – कालो सूचीमा रहेको
५०. विक्रम चौधरी (राष्ट्रिय जनमुक्ति पार्टी) – कालो सूचीमा रहेको
५१. सुनिता कुमारी कुर्मी (राष्ट्रिय जनमुक्ति पार्टी) – कालो सूचीमा रहेको
५२. विमला स्वार (लोकतान्त्रिक पार्टी नेपाल) – कालो सूचीमा रहेको
५३. सन्तराम जैसी (नेकपा) – पिछडिएको क्षेत्रमा नरहेको
५४. सन्जिव नारायण यादव (आम संस्कृति पार्टी) – दलको पत्र/जरिवाना बाँकी
५५. रेणु देवी (आम संस्कृति पार्टी) – दलको पत्र
५६. भारती देवी पाल (आम संस्कृति पार्टी) – दलको पत्र
५७. ललिता कुमारी यादव (आम संस्कृति पार्टी) – दलको पत्र
५८. दिप कुमारी साह (आम संस्कृति पार्टी) – दलको पत्र
५९. अबुल हुसेन ह्वारी (आम संस्कृति पार्टी) – दलको पत्र
६०. साफिना खातुन (आम संस्कृति पार्टी) – दलको पत्र
६१. आस्मा खातुन (आम संस्कृति पार्टी) – दलको पत्र
६२. भोजरा खातुन (आम संस्कृति पार्टी) – दलको पत्र
६३. चन्द्र बहादुर विश्वकर्मा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) – दलको पत्र
६४. उर्मिला चौधरी (राष्ट्रिय स्वतन्त्र पार्टी) – दलको पत्र
६५. सुनत मुखिया विन (नेपाल मजदुर किसान पार्टी) – महिला कोटामा पुरुष परेको
६६. शिवाजी यादव (जनता समाजवादी पार्टी नेपाल) – जरिवाना नतिरेको
६७. रामनरेश महतो कोहरी (जनता समाजवादी पार्टी नेपाल) – जरिवाना नतिरेको
६८. राम नरेश राय (नेपाल मुक्ति पार्टी नेपाल) – जरिवाना नतिरेको
६९. सूर्य मल यादव (एकल चुनाव चिन्ह ज्योती) – जरिवाना नतिरेको
७०. राजेन्द्र प्रसाद साह (नेपाल सद्भावना पार्टी) – जरिवाना नतिरेको
७१. राज देव राम (राष्ट्रिय परिवर्तन पार्टी) – जरिवाना नतिरेको
७२. राजकुमार राजवंशी (नेपाल सद्भावना पार्टी) – जरिवाना नतिरेको
७३. शम्भु कुमार सिंह (नेपाल सद्भावना पार्टी) – जरिवाना नतिरेको
७४. सत्य देव चौधरी (जनमत पार्टी) – जरिवाना नतिरेको
७५. सुमित्रा मण्डल (मितेरी पार्टी नेपाल) – जरिवाना नतिरेको










प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।