लोड हुँदैछ...

मेनु

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै, फाइनल यात्राका लागि जित्नै पर्ने दबाब

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै, फाइनल यात्राका लागि जित्नै पर्ने दबाब

पोखरा । पोखरामा जारी १९ वर्ष मुनिको ९यू–१९० साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दुईवटा महत्वपूर्ण खेलहरू हुँदैछन्। पोखरा रंगशालामा हुने आजको पहिलो खेलमा मध्याह्न १२ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा आयोजक टोली नेपालले दिउँसो ३ बजे भुटानको सामना गर्नेछ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजित भएका नेपाल र भुटान दुवै टोली आज दबाबमा मैदान उत्रिनेछन्। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो भने भुटान उद्घाटन खेलमा बंगलादेशसँग १२–० को फराकिलो अन्तरले हारेको थियो। फाइनल पुग्ने सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेलमा जित निकाल्नु अनिवार्य रहेको छ। अर्कोतर्फ, एक–एक खेल जितिसकेका बंगलादेश र भारत समान ३–३ अंकका साथ सहज अवस्थामा रहेका छन्।

दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भइरहेको यस प्रतियोगितामा चार देशको मात्र सहभागिता रहेको छ। राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको यस प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन्। लिग चरणको समाप्तिपछि तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीले आगामी माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।