लोड हुँदैछ...

मेनु

स्वास्थ्य शिविरमा तीन सयको उपचार

स्वास्थ्य शिविरमा तीन सयको उपचार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा एकदिने मेगा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब र लियो क्लब अफ अनारमनीले झापास्थित बीएण्डसी अस्पताल तथा क्यान्सर अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरेका हुन्।

शिविरमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग, मुटु रोग, बाल रोग, मानसिक स्वास्थ्य तथा नाक–कान–घाँटीसम्बन्धी उपचार र परामर्श सेवा प्रदान गरिएको आयोजक लायन्स क्लब अफ अनारमनीले जनाएको छ। शिविरबाट ३ सयभन्दा बढी स्थानीयले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्श तथा औषधि सेवा प्राप्त गरेका छन्।

आयोजक संस्थाका अध्यक्ष सरोज खरेलका अनुसार शिविरमा ५० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणसमेत गरिएको थियो। शिविरमा बीएण्डसी अस्पतालका चिकित्सकसहित ६ जना विशेषज्ञ डाक्टर, मिक्लाजुङ गाउँपालिकाको स्वास्थ्य शाखा तथा प्राथमिक स्वास्थ्य केन्द्र रबीका चिकित्सकहरूको सहभागिता रहेको थियो।

स्थानीयस्तरमै विशेषज्ञ सेवा पाउँदा सेवाग्राहीहरू उत्साहित भएका थिए भने आयोजकले यस्ता शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।