लोड हुँदैछ...

मेनु

हिसान फुटबल : छात्रातर्फ अर्किड र रेडस्टार उपाधिको लागि भोली भिड्दै

हिसान फुटबल : छात्रातर्फ अर्किड र रेडस्टार उपाधिको लागि भोली भिड्दै

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। विराटनगरस्थित सहिद मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूबाट छात्रातर्फ अर्किड र रेडस्टार तथा छात्रतर्फ शिक्षा सन्देश र रेडस्टार कलेज फाइनलमा प्रवेश गरेका हुन्।

छात्रातर्फको प्रतिस्पर्धा
छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा अर्किड कलेजले सेन्ट जेभियर्स कलेजलाई पेनाल्टी सुटआउटमा २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। खेलको ‘प्लेयर अफ द म्याच’ अर्किडकी सुस्मिता बस्नेत घोषित भइन्।

त्यस्तै, दोस्रो खेलमा रेडस्टार कलेजले कान्तिपुर कलेजमाथि ६–० को फराकिलो जित निकाल्यो। रेडस्टारको जितमा सलिजा राई र सुहाना राईले २–२ गोल गरे भने स्मृति राई र निशा लिम्बूले १–१ गोल थपे। उत्कृष्ट प्रदर्शन गरेकी सलिजा राई प्लेयर अफ द म्याच भइन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।