बेलबारी । मोरङको बेलबारीमा शक्रवारदेखी प्रदेश स्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी ११ लक्ष्मीमार्ग स्थित कवर्डहलमा सुरु भएको प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट १ सय ८ टिमको सहभागिता रहेको छ । डाँगिहाट व्याटमिन्टन क्लवको आयोजनामा सुरु भएको स्वर्गीय वल वहादुर मगर स्मृति कोशी प्रदेश स्तरीय प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने आयोजक समितीका अध्यक्ष हरी कुमार पाण्डेले बताए । उक्त प्रतियोगीताको बेलबारी नगरपालीका प्रमुख दिल प्रसाद राईले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभल, भेट्रान (४५ वर्षभन्दा माथि), अन्तर सदस्य, महिला डवल र यु १५ पुरुष सिङ्गल गरी पाँच फरक फरक विद्यामा सुुरुभएको हो ।
प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभल विधाको विजेताले ४१ हजार, उपविजेताले ३१ हजार र तेस्रोले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । भेट्रानतर्फ विजेताले २५ हजार, उपविजेताले १५ हजार, तेस्रोले १५ हजार, अन्तर सदस्य तर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले १० हजार पाउने त्यसैगरी महिला डवल तर्फका विजेताले २५ हजार, उपविजेतले र तस्रोले १५–१५ हजार र यु १५ पुरुष सिङ्गल तर्फका विजेताले १० हजार उपविजेताले ८ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ६हजार पाउने आयोजकले जानकारी गराएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।