लोड हुँदैछ...

मेनु

मदिराको नशामा पत्नीको हत्या गरी पतिद्वारा आत्मसमर्पण

मदिराको नशामा पत्नीको हत्या गरी पतिद्वारा आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरीमा एक व्यक्तिले आफ्नै पत्नीको विभत्स हत्या गरेका छन् । मदिरा सेवन गरी पत्नीको हत्या गरेपछि ती व्यक्ति आफैँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् ।

गोदावरी नगरपालिका–७, देवीचौर बस्ने ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घटनापछि विनोद आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएर घटनाबारे जानकारी गराएका थिए ।

प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार श्रीमान–श्रीमतीले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मदिराकै नशामा उनीहरूबीच विवाद भएको र सोही क्रममा विनोदले कोपिलामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतक दम्पतीकी २ वर्षीया छोरी छिन् । प्रहरीका अनुसार अत्यधिक मादक पदार्थ सेवनकै कारण पारिवारिक सम्बन्ध बिग्रिएपछि उनीहरू केही समयदेखि घरभन्दा छुट्टै डेरा गरी बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र विनोदलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।