काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले वृद्धि रकम फागुन १ गतेदेखि लागू हुनेछ । सरकारले रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको अर्यालले जानकारी दिए । उनले कति रकम वृद्धि गरेको हो भन्ने विषयमा भने केही बताएनन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।