लोड हुँदैछ...

मेनु

कोशी प्रदेशसभाको बैठक माघ २५ गते विरेन्द्र सभागृहमा बस्ने

कोशी प्रदेशसभाको बैठक माघ २५ गते विरेन्द्र सभागृहमा बस्ने

विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २५ गतेबाट बस्नेगरि आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवन आगजनी भएर ध्वस्त पारिएपछि प्रदेशसभा सचिवालय कटहरीस्थित कृषि भवनमा सारिएको छ । सोही भवनमा प्रदेशसभा बैठक राख्ने सरकारले बताउँदै आएको भएपनि अहिलेसम्म आवश्यक संरचना निर्माण नगरेकोले विरेन्द्र सभागृहमा प्रदेशसभा बैठक बस्ने मन्त्री पराजुलीले जानकारी दिए ।

विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको सभागृह जेनजी आन्दोलनको क्रममा सुरक्षित रहेको थियो । सोहि सभागृहमा प्रदेशसभा बैठक राख्ने निर्णय प्रदेश सरकारले गरेको हो । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपाले प्रदेशसभा बैठक राख्न सरकारले वास्ता नगरेको भन्दै आलोचना गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds