विराटनगर । नेपाली कांग्रेसका मोरङ ३ का उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
चुनाव प्रचारका क्रममा १० लाख रुपैयाँ बाँडेको आरोपसहित शर्माविरुद्ध आयोगमा उजुरी परेको हो ।
शर्माविरुद्ध भुवनकुमार वाग्लेले उजुरी दिएका छन् । वाग्ले सोही क्षेत्रका राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार हुन् । वाग्लेले दिएको उजुरीमा शर्माले चुनाव प्रचारकै दौरानमा यम बुद्ध फाउण्डेसनलार्इ १० लाख रुपैयाँ दिएको दावी गरेका छन् ।
उम्मेदवारले मतदाता प्रभावित पार्न रकम दिनु आचारसंहिता विपरित चुनाब प्रभावित पार्ने खेल भएको भन्दै शर्मालाई कार्वाहीको माग उजुरीमा गरिएको छ । उजुरीमा निर्वाचन क्षेत्रमा नागरिकलाई ५० प्रतिशत निःशुल्क उपचारका नाममा शर्माले प्रभावित पार्न खोजेको समेत आरोप लगाइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।