काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज ९बुधबार० पुनः नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। पछिल्लो समय लगातार बढिरहेको सुनको भाउमा आज एकैदिन ९ हजार ५ सय रुपैयाँको भारी वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यो नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो। यसअघि मङ्गलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ। चाँदी आज प्रतितोला ४३० रुपैयाँले बढेर ७ हजार ३०० रुपैयाँ पुगेको छ। मङ्गलबार चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ५ हजार २०० अमेरिकी डलर र प्रतिऔँस चाँदी १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सोही वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको महासङ्घले जनाएको छ।
लगातारको मूल्य वृद्धिले गर्दा नेपाली बजारमा सुनचाँदीको कारोबारमा भने गिरावट आएको व्यवसायीहरू बताउँछन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।