लोड हुँदैछ...

मेनु

विवादित पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश

विवादित पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष साम्पाङले श्रेष्ठलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन्।

श्रेष्ठलाई पार्टीमा भित्र्याएपछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौँ है त।’

श्रम संस्कृति पार्टीमा प्रवेश गरेका श्रेष्ठको पृष्ठभूमि निकै विवादित रहँदै आएको छ। रास्वपाबाट समानुपातिक सांसद बनेका बेला उनले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। सोही प्रकरणपछि रास्वपाले उनलाई पार्टीको साधारण सदस्यता समेत खारेज गरी निष्कासन गरेको थियो। रास्वपाबाट निकालिएको करिब तीन वर्षपछि उनी साम्पाङको पार्टीमा ओत लाग्न पुगेका हुन्।

राजनीतिक भ्रष्टाचारको आरोप मात्र नभई श्रेष्ठ फौजदारी अभियोगमा समेत मुछिएका व्यक्ति हुन्। पोखरास्थित उनकै स्वामित्वमा रहेको ुदिया फार्मेसीुबाट प्रतिबन्धित लागुऔषध ९ट्रामाडोल० अवैध रूपमा बिक्री वितरण गरेको पाइएपछि कास्की प्रहरीले उनलाई २०८१ भदौ २७ गते पक्राउ गरेको थियो।

लागुऔषध नियन्त्रण ऐनअनुसार मुद्दा चलाइएका श्रेष्ठ २०८१ असोज १० गते कास्की जिल्ला अदालतको आदेशमा ७५ हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए।

भ्रष्टाचार र लागुऔषध कारोबार जस्ता गम्भीर आरोप लागेका व्यक्तिलाई श्रम र संस्कृतिको नारा बोकेका साम्पाङले पार्टीमा भित्र्याएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds