लोड हुँदैछ...

मेनु

पश्चिम नेपालमा वर्षा हुँदै, कोशीमा आज राति पानी पर्न सक्ने

पश्चिम नेपालमा वर्षा हुँदै, कोशीमा आज राति पानी पर्न सक्ने

विराटनगर । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हँदा आज पश्चिम नेपालमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ।

कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा बुधबार राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको वेबसाइटमा उल्लेखित विवरणअनुसार पछिल्लो १२ घन्टामा गाइबन्डे केन्द्रमा २९.६, डडेलधुराको जोगबुढामा २४.६, कञ्चनपुरको हनुमान नगरमा २३.६, ज्यामिरखाली केन्द्रमा २६.२, चिउरी केन्द्रमा २५.८ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा चाहिँ अहिलेसम्म वर्षा भएको छैन।

यसले बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको उनले बताएका छन्। बिहीबारदेखि भन केही ठाउँमा बादल लागे पनि मौसम खुल्दै जाने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू-भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।