लोड हुँदैछ...

मेनु

७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। आयोगले ७७ वटै जिल्लामा आचारसंहिता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मंगलबार जिम्मेवारी बाँडफाँड गरेको हो।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ को अधिकार प्रयोग गर्दै आयोगले सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकहरूलाई फरक(फरक जिम्मेवारीसहित अनुगमनको कमाण्ड सुम्पिएको छ। जसअनुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ९सहायक सिडिओ० लाई आर्थिक बाहेकका विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ भने प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई निर्वाचनका आर्थिक विषयमा अनुगमन गर्ने अधिकृत तोकिएको छ।

आयोगले यसअघि नै निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी माघ ४ गते राति १२ बजेदेखि नै देशभर लागू गरिसकेको छ। जिल्लास्तरमा आचारसंहिताको पालना सुनिश्चित गर्न र अनुगमन कार्यलाई थप सूक्ष्म एवं प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था गरिएको आयोगले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। निर्वाचन आयोगले तोकिएका यी अनुगमन अधिकृतहरूमार्फत आचारसंहितालाई पूर्ण रूपमा कार्यान्वयन गराउने र चुनावी निष्पक्षता कायम राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।