काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। उनको देब्रे खुट्टामा स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो।
स्वकीय सचिव अविनाश आचार्यका अनुसार सभापति लामिछानेको देब्रे खुट्टाको छालामा संक्रमण देखिएको थियो। सोही कारण उनी केही समयदेखि घरमै आराम गरेर बसिरहेका थिए। तर, खुट्टाको चेकजाँचका क्रममा चिकित्सकहरूले उनलाई अस्पतालमै भर्ना भएर उपचार गर्न सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।
संक्रमणलाई थप जटिल हुन नदिन र चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउनु पर्ने भएकाले उनलाई भर्ना गरिएको सचिवालयले जनाएको छ। अहिले उनको उपचार प्रक्रिया सुरु भइसकेको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।