काठमाडौं । नेकपा एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच भएको चुनावी सहकार्यको सहमति एमाले रुकुम पूर्वले अस्वीकार गरेको छ ।
एमालेले रुकुम पश्चिममा नेता जनार्दन शर्मा र रुकुम पूर्वमा शर्मा निकट सन्दीप पुनलाई समर्थन गर्ने र दाङ, रोल्पा, प्यूठानसहित कर्णालीका ७ जिल्लामा प्रलोपाले एमालेलाई समर्थन गर्ने सहमति भएको थियो । उक्त सहमति अस्वीकार गर्दै एमाले रुकुम पूर्वका उम्मेदवार लीलामणि गौतम अध्यक्ष केपी ओलीलाई भेट्न काकठमाडौं आएका थिए ।
गौतमले पार्टीले आफ्नो क्षेत्र छाड्न नसकिने भन्दै ओलीलाई कन्भिन्स गराएपछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डविरुद्ध गरेको गठबन्धन भत्किएको छ । रुकुम पूर्वका एमाले उम्मेदवार गौतमले पार्टी अध्यक्ष ओलीले ‘जिल्ला जाने र चुनाव जितेर आउने’ भनेर शुभकामना दिएको भिडियो सार्वजनिक गरेका छन् ।
‘केही दिनयता रुकुम पूर्वको निर्वाचनका विषयमा आएका हल्ला र प्रचारका विषयमा आजदेखि स्पष्ट भएको छ’ उनले फेसबुकमा लेखेका छन्, ‘
रुकुम पूर्वमा ढुक्कसँग सूर्य चिन्हमा मतदान गर्न पाइन्छ । आजैदेखि प्रचार र तयारीमा उत्साहित भएर जुटौँ ।’
गौतमले प्रलोपाका उम्मेदवारलाई एमालेले हैन, प्रलोपाले आफूलाई समर्थन गर्ने गरी सहमतिको प्रयास भइरहेको दाबी गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।