लोड हुँदैछ...

मेनु

निर्वाचनका लागि भारतले दियो नेपाललाई ६१ वटा गाडी

निर्वाचनका लागि भारतले दियो नेपाललाई ६१ वटा गाडी

विराटनगर । भारत सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा गाडी सहयोग गरेको छ।

निर्वाचन व्यवस्थापन सहज बनाउन भारत सरकारले क्याबिन पिकअप भ्यान स्वरूपका ६१ वटा सवारी साधन उपहार दिएको हो।

माघ ६ गते सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले ती गाडीहरू नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो। हाल ती सवारी साधन गृह मन्त्रालय अगाडि राखिएका छन्।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी सहयोगको प्रस्ताव पठाएको थियो । सोही प्रस्तावअनुसार भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ वटा गाडी उपलब्ध गराउने जनाएको छ । यी सवारी साधन नेपाल सरकारको स्वामित्वमा रहने भएकाले निर्वाचन सम्पन्न भएपछि सरकारले आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछ ।

भारत सरकारले यसअघि पनि विभिन्न समयमा नेपाल सरकारलाई निर्वाचनसँग सम्बन्धित सवारी साधन तथा उपकरण सहयोग गर्दै आएको छ । सन् २००८ यता मात्रै भारत सरकारले नेपाल सरकारलाई २ हजार ४ सयभन्दा बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।