काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पुनः नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आज तोलामा ३०० रुपैयाँको वृद्धि भएको छ ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ तोकेको छ । यसअघि सोमबार मात्रै सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड कायम भएको थियो । आजको मूल्य वृद्धिले उक्त रेकर्डलाई पनि उछिनेको छ ।
सुनसँगै आज चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको छ । चाँदीको मूल्य आज तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा देखिएको बढोत्तरीका कारण नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूले बताएका छन् । लगातार बढिरहेको मूल्यले उपभोक्ता र व्यवसायी दुवैलाई अचम्मित बनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।