लोड हुँदैछ...

मेनु

‘बालेनका लागि’ भन्ने नारा र वास्तविकता : घण्टीको भोट, संविधान र उम्मेदवारको चरित्र

‘बालेनका लागि’ भन्ने नारा र वास्तविकता : घण्टीको भोट, संविधान र उम्मेदवारको चरित्र

विराटनगर । आजको चुनावी बहसमा “बालेनलाई प्रधानमन्त्री बनाउन घण्टीमा भोट हाल्ने” भन्ने वाक्य बारम्बार दोहोरिएको छ। सुन्दा परिवर्तनको आशा बोकेको जस्तो लागे पनि संविधान र तथ्यको कसीमा राख्दा यो वाक्य नारा बाहेक केही होइन।

बालेन्द्र साह झापा–५ का उम्मेदवार हुन्। नेपालको संविधान अनुसार प्रधानमन्त्री बन्न संसद् सदस्य हुनु र संसद्‌मा बहुमत समर्थन जुटाउनु अनिवार्य छ। त्यस अर्थमा, उनलाई प्रधानमन्त्री बनाउने एक मात्र संवैधानिक बाटो भनेको झापा–५ बाट संसद्‌मा जिताउनु हो। सुनसरी–२ मा घण्टीमा भोट हाल्दैमा बालेन प्रधानमन्त्री बन्ने कुनै संवैधानिक व्यवस्था छैन।

यसैले यहाँ उठ्ने असली प्रश्न अर्कै छ । हामी कसलाई सांसद बनाउन गइरहेका छौँ ?

सांसद भनेको कानुन बनाउने, राज्यका नीति तय गर्ने र समाजका लागि नैतिक उदाहरण प्रस्तुत गर्ने व्यक्ति हो। त्यसैले उसको व्यक्तिगत चरित्र, कानुनप्रतिको सम्मान र विगतका कामहरू निर्णायक हुन्छन्।

यही सन्दर्भमा जिल्ला अदालत सर्लाहीको निर्णय नं. ३८६, दर्ता मिति २०८१/०४/२८ ले एउटा गम्भीर तथ्य सार्वजनिक गरेको छ। अदालतको ठहर अनुसार प्रतिवादी हरिमाया लामा भनिने हरिमाया अधिकारी ले फरक–फरक जिल्लाबाट फरक–फरक मितिमा एकभन्दा बढी नेपाली नागरिकता लिएको कसुर गरेको ठहर भएको छ। यो कार्य नेपाली नागरिकता ऐन, २०६३ को दफा १३ विपरीत ठहर गर्दै अदालतले दफा २१(३) बमोजिम उनलाई रु. ३०,००० जरिवाना तोकेको छ। यो कुनै आरोप होइन, अदालतबाट स्थापित कानुनी दोष हो। नागरिकता राज्यसँगको सबैभन्दा आधारभूत सम्बन्ध हो। त्यसमै जालसाजी हुनु भनेको राज्यलाई झुक्याउनु, कानुनलाई छल्नु र लोकतान्त्रिक प्रणालीको जरा कमजोर पार्नु हो।

त्यसो भए, हरिमाया अधिकारी को हुन् ?

उनी ईटहरी उपमहानगरपालिकाकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उपसभापति हुन्। उनलाई उपसभापति बनाउने र नागरिकता सम्बन्धी मुद्दा हुँदाहुँदै पनि राजनीतिक रूपमा साथ दिने व्यक्ति भनेका लाल विक्रम थापा हुन्, जो अहिले घण्टी चुनाव चिन्ह लिएर सुनसरी–२ बाट “परिवर्तनका लागि नयाँ नेतृत्व” को नारा सहित उम्मेदवार बनेका छन्।
यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई “नयाँ राजनीति”, “परिवर्तन” वा “बालेनको नाम” ले छोप्न खोज्नु नैतिक रूपमा गलत र लोकतान्त्रिक रूपमा खतरनाक साबित हुन सक्छ ? “बालेनका लागि” भनेर यस्ता उम्मेदवारलाई मत दिनु वास्तवमा बालेनलाई होइन, गलत राजनीतिक संस्कृतिलाई मत दिनु हो। लोकप्रिय अनुहारको नाम प्रयोग गरेर कमजोर वा विवादित उम्मेदवारलाई वैध बनाउने प्रवृत्तिले नै पुरानो राजनीति जोगाइरहेको छ।

यसलाई कसरी लिनु ?

घण्टीमा भोट हाल्नु भनेको बालेनलाई प्रधानमन्त्री बनाउनु होइन । त्यो भोट तपाईंको क्षेत्रमा उठेको उम्मेदवारलाई सांसद बनाउनु हो। यदि त्यो उम्मेदवारले कानुन उल्लङ्घनमा दोषी ठहर भइसकेकालाइ सहयोग गर्ने मतियार हाे भने, विवेकशील नागरिकको दायित्व उसलाई प्रश्न गर्नु, अस्वीकार गर्नु वा विकल्प खोज्नु हो। लोकतन्त्र नारा र भावनाले होइन, तथ्य, कानुन र चरित्रको छनोटले बलियो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।