लोड हुँदैछ...

मेनु

सार्वजनिक बहसमा आउन ओली र बालेनलाई तामाङ्को आह्वान्

सार्वजनिक बहसमा आउन ओली र बालेनलाई तामाङ्को आह्वान्

दमक। नेपाली कम्युनिस्ट पार्टीका तर्फवाट झापा-५ का उम्मेदवार रञ्जित तामाङ्ले एमाले अध्यक्ष केपी ओली र रास्वपा नेता वालेन्द्र साहलाई सार्वजनिक वहसमा आउन आमन्त्रण गरेका छन्।

नेकपा नेता तामाङ्ले दुवैसंग सार्वजनिक बहसमा उत्रन आफु तयार रहेको वताएका छन्।

नेकपाको कमल गाउँपालिका स्तरीय भेलामा आइतबार नेकपाका युवा नेता तामाङ्ले भने-‘ अव जनताका प्रतिनिधिले जनताको कठघरामा उभिएर सार्वजनिक वहस गर्नुपर्दछ।’ समय नयां ठाउँमा पुगेपनि चुनावको तरिका पुरानो भएकोमा तामाङ्ले चिन्ता ब्यक्त गरे। नेता तामाङ्ले नयाँ भनिनेहरुले जनता र मिडिया सामना गर्न इन्कार गरेकोमा आश्चार्य ब्यक्त गरे।

तामाङ्ले जनताको प्रतिनिधि हुन खोज्नेहरुले जनतासंग आफ्ना स्पष्ट योजना र प्रतिवद्धता राख्नुपर्ने वताए। तामाङ्ले भने-‘ जेनजी आन्दोलनपछि पुराना तथ्याङ्क मिथ्याङ्क भइसकेका छन्।’ तामाङ्ले ओली असान्दर्भिक र वालेन गैरजिम्मेवार भएको जिकिर गरे।

नेकपा झापा -५ का चुनावी कमाण्डर सुरेन्द्र बस्नेतले ओली र बालेन दुवै अतिवादले मुलुकलाई खति पुग्ने दावी गरे। बस्नेतले भने-‘ मुलुकलाई संकटमा धकेल्ने ओली र संकटमा लुक्ने वालेन दुवै गलत छन्।’ कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु दिपेनवाला राई, गगन पुरी लगायतले शुभकामना दिएका थिए। कार्यक्रममा प्रताप सुब्बाको संयोजकत्वमा कमल गाउपालिका स्तरीय निर्वाचन परिचालन समिति घोषणा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds