लोड हुँदैछ...

मेनु

उम्मेदवारी दर्तापछि पहिलो पटक सर्लाही जाँदै गगन थापा, यस्तो छ आजको कार्यक्रम

उम्मेदवारी दर्तापछि पहिलो पटक सर्लाही जाँदै गगन थापा, यस्तो छ आजको कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापा आज सर्लाही जाने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र जान लागेका हुन्।

थापाको सचिवालयले दिएको जानकारी अनुसार उनी आज बिहान साढे १० बजेको उडानमार्फत सिमरा अवतरण गरी त्यहाँबाट सडकमार्ग हुँदै सर्लाही पुग्ने कार्यक्रम छ। यसअघि उनले वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थापाले आजै बागमती पुल र कर्मैयामा स्थानीय नेता तथा कार्यकर्ताहरूसँग राजनीतिक भेटघाट एवं चुनावी छलफल गर्ने तय भएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा थापाले आफ्नो क्षेत्रमा राजनीतिक सक्रियता बढाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds