विराटनगर । राष्ट्रिय सभाका लागि आज कोशी प्रदेशमा भएको निर्वाचनमा महिला तर्फ नेकपा एमालेकी उम्मेदवारा रोशनी मेचे निर्वाचित भएकी छन् । उनीे ७ हजार १७३ मत प्राप्त गरी विजयी बनेकी हुन् ।
कोशी प्रदेशसभा अन्तरगत ८७ सांसदहरुले मतदान गरेकोमा सूर्य चिन्हमा ६४ र तारा चिन्हमा २२ मत परेको थियो भने स्थानीय तह तर्फ सूर्य चिन्हमा १९९ र तारा चिन्हमा ५८ मत प्राप्त भएको छ ।
महिला तर्फ नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपानेले २२६८ मत प्राप्त गरेकी छन् । प्रदेशसभा र स्थानीय तहतर्फ एक एक मत बदर भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।