लोड हुँदैछ...

मेनु

राष्ट्रियसभा निर्वाचन कोशी : मतपरिणामको पर्खाइ

राप्रपाका दुई जनाले मानेनन् पार्टीको ह्वीप, ५ जना सांसद र ९ जना पालिकाका पदाधिकारीले गरेनन् मतदान

राप्रपाका दुई जनाले मानेनन् पार्टीको ह्वीप, ५ जना सांसद र ९ जना पालिकाका पदाधिकारीले गरेनन् मतदान

विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २५८ जना र प्रदेशसभाका ८७ जनाले मतदान गरेका हुन् ।

कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता थिए । मतदान नगर्नेहरूमा काँग्रेसकी लिलाकुमारी राई र एमालेकी यशोदा कायस्थ, राप्रपाका सविना बजगाई, निमसरी राजवंशी, गोपालबहादुर विश्वकर्माले मतदान गरेनन् । राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्टले भने मतदान गरेका छन् भने राप्रपाकै प्रेम थाम्सुहाङले पनि मतदान गरेका छन् ।

उता, कोशी प्रदेशका ९ जना स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षले मतदान नगरेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । जसमा एमालेबाट निर्वाचित पाँथचर याङ्बरकका अध्यक्ष भीम योङ्हाङ, काँग्रेसबाट निर्वाचित ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन साम्रा लिम्बू, राप्रपाबाट निर्वाचित हल्दिबारीका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, राप्रपाबाट निर्वाचित भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, नेकपाबाट निर्वाचित आमचोक गाउँपालिका भोजपुरकी उपाध्यक्ष सीता राई, राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका प्रमुख राम थापा, काँग्रेसबाट निर्वाचित सोलुखुम्बु लिखु पिके गाउँपालिका उपाध्यक्ष नावाङ लाक्पा शेर्पा, जसपाबाट निर्वाचित ओखलढुङ्गा खिजिदेम्बाका अध्यक्षका गोम्बु शेर्पा रहेका छन् ।

कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । अन्य तर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध भइसकेका छन् । बाँकी दुई पदमा चार जनाको प्रतिस्पर्धा भएको हो ।

काँग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds