लोड हुँदैछ...

मेनु

राष्ट्रियसभा निर्वाचन : मतपरिणाम साँझ ५ बजेसम्ममा आइसक्ने

राष्ट्रियसभा निर्वाचन : मतपरिणाम साँझ ५ बजेसम्ममा आइसक्ने

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा आजै साँझ ५ बजेसम्ममा सार्वजनिक भइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ ।

‘राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ बजेसम्म हो । त्यसपछिको २ घण्टा अर्थात ५ बजेभित्र नतिजा आइसक्छ’, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडामा मतदान भइरहेको छ ।

त्यस्तै गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds