विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ।
विराटनगरस्थित मतदान केन्द्रमा आज बिहानदेखि मतदान प्रक्रिया प्रारम्भ भएको हो। आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा एकैसाथ निर्वाचन भइरहेको छ, जसअनुसार कोशी प्रदेशमा पनि मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा भने निर्वाचन हुन नपरी उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा खस आर्य समूहबाट निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदका लागि भने आज निर्वाचन प्रक्रिया अघि बढाइएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। निर्वाचन आयोगले शान्तिपूर्ण र मर्यादित रूपमा मतदान भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।