लोड हुँदैछ...

मेनु

हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित सात जनालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको आधिकारिक निर्णयविपरीत बागी उम्मेदवारी, प्रस्ताव र प्रचारमा संलग्न भएको ठहर गर्दै उनीहरूलाई कारबाही गरिएको नेकपाले जनाएको छ।

निष्कासित नेताहरूमा पार्टीका कार्यालय सदस्य हरिबोल गजुरेल, सिन्धुलीका महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्। गजुरेल तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज थिए ।

सिन्धुली–२ मा पार्टी केन्द्रको निर्णयअनुसार लेखनाथ दाहाललाई उम्मेदवार बनाइए पनि गजुरेलको समर्थनमा महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गरेका थिए। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उम्मेदवारी फिर्ता गर्न लिखित निर्देशन दिए पनि तोकिएको समयभित्र फिर्ता नभएपछि शनिबार कारबाहीको निर्णय सार्वजनिक गरिएको हो।

यस्तै, दाङ–१ मा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएपछि असन्तुष्ट पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका थिए। उनलाई पनि पार्टीबाट निष्कासन गरिएको छ। सिरहाका धर्मनाथ साह नेकपा छाडेर एमालेबाट उम्मेदवार बनेका हुन् भने अन्य नेताहरू पनि पार्टी निर्णयविरुद्ध उभिएको आरोपमा कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।