तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुरेन्द्र कार्की तेह्रथुममा उम्मेदवार बनेपछि नेकपा एमाले तेह्रथुमले उनका बाबुआमामाथि कारबाही गरेको छ।
एमाले तेह्रथुमले जिल्ला कमिटी सदस्य तथा अनेम संघ जिल्ला कमिटी अध्यक्ष लक्ष्मी खत्री कार्की र नेपाल उद्योग व्यवसायी संघ अध्यक्ष बिरेन्द्र कार्कीलाई पार्टीको सबै खाले जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ।
जिल्ला कमिटीको निर्णयअनुसार दुवैलाई संगठनात्मक जिम्मेवारीबाट हटाइएको हो। उनीहरूका छोरा सुरेन्द्र कार्की तेह्रथुमबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको उम्मेदवार बनेका छन् । एमालेको सक्रिय कार्यकर्ता रहेका कार्की दम्पतिले छोराको समर्थन गरेको देखिएको भन्दै कारबाही गरिएको एमाले तेह्रथुमले स्पष्ट पारेको छ।
पार्टी निर्णयविपरीत गतिविधि गरेको र विपक्षी दलका उम्मेदवारलाई सहयोग गरेको आरोपमा कारबाही गरिएको जनाउँदै एमाले तेह्रथुमले पार्टी अनुशासन सबैका लागि समान हुने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।