विराटनगर । मोरङका ११८ जना उम्मेद्वार मध्ये ६ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन गरेका ६ जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । जसमा मोरङ क्षेत्र नंं १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार दुर्गाप्रसाद दर्लामीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
यस्तै मोरङ क्षेत्र नंं ३ बाट तीन जना स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएका छन् । जसमा सुरेश लिम्वू, कञ्चन न्यौपाने, दलबहादुर थापा रहेका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टीका तिलकराम राजवंशी र स्वतन्त्र उम्मेद्वार राम खत्रीले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । योसँगै मोरङका ६ निर्वाचन क्षेत्रमा २६ दलका ८७ जना र २५ जना स्वतन्त्र गरी ११२ जना उम्मेद्वार कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।