लोड हुँदैछ...

मेनु

गोरखा २ बाट डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

गोरखा २ बाट डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

विराटनगर । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा २ मा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

विभिन्न पक्षले उम्मेदवारी फिर्ता गर्न माग गरेकोले आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताए । भट्टराई प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका थिए ।

‘आगामी दिनमा निरन्तर जनताको सेवामा लागिरहनेछु ।’ नयाँ दललाई साथ दिने बताउँदै आएका भट्टराईले कुनै खास दललाई भने समर्थन गरेका छैनन् ।

यसअघि भट्टराईले नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेसँग आफूलाई सहयोग गर्न प्रस्ताव गरेका थिए । न्यौपानेले आफू धेरै अगाडि बढिसकेको भन्दै फिर्ता गर्न अस्वीकार गरेका थिए । उनले अभिभावक बनेर आफूलार्ई सहयोग गर्न भनेका थिए । रास्वपाले पनि भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।

गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।गोरखा २ बाट भट्टराई २०६४, २०७० र २०७४ मा निर्वाचित भएका थिए । २०७९ निर्वाचनमा भने उनले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवार नहुने बताएका थिए ।

यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए । मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds