काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गर्दै शुक्रबार प्रतितोला तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको हो । यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । चाँदीको मूल्य आज तोलामा ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो उछाल आएको हो । नेपाली सुनचाँदी कारोबारको इतिहासमा सुनको मूल्यले तीन लाखको विन्दु पार गरेको यो पहिलो पटक हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।