लोड हुँदैछ...

मेनु

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक सुरु हुने कार्यतालिका रहेको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी निर्वाचनको रणनीतिका बारेमा छलफल हुनेछ ।
आजको बैठकको मुख्य आकर्षण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई ‘भावी प्रधानमन्त्री’को रूपमा घोषणा गर्ने तयारी रहेको बताइएको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेर निर्वाचनमा होमिने विषयमा केन्द्रीय समितिमा सघन छलफल हुनेछ ।

विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएपछि केन्द्रीय कार्यालयमा बस्न लागेको यो पहिलो औपचारिक बैठक हो । नयाँ कार्यसमितिको पहिलो बैठकमै थापालाई प्रधानमन्त्रीको दाबेदार बनाउने एजेण्डाले कांग्रेसभित्र नयाँ उत्साह थपेको विश्लेषण गरिएको छ ।

बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा बस्न लागेको यो बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds