लोड हुँदैछ...

मेनु

काँग्रेसले प्रत्यक्षतर्फ सय सिट जित्ने महामन्त्री घिमिरेको दावी

काँग्रेसले प्रत्यक्षतर्फ सय सिट जित्ने महामन्त्री घिमिरेको दावी

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले फागुन २१ गतेको निर्वाचनमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १०० सिट जित्ने दावी गरेका छन् ।

पार्टीको महामन्त्री निर्वाचित भएपछि बिहिबार मात्र विराटनगर आइपुगेका घिमिरेले प्रत्यक्षमा १०० सिट र समानुपातिकमा कम्तीमा ३५ लाख मत पाउने दाबी गरे ।

‘प्रत्यक्षतर्फ अघिल्लो निर्वाचनमा जितेकासहित एक हजारभन्दा कम मतान्तरले हारेका सीटहरूमा दृष्टि पुर्‍याउँदा लगभग १०० सिटमा हामी जित्छौं’ घिमिरेको भनाइ छ । समानुपातिकमा पनि गत निर्वाचनमा गठबन्धनको कारण २८ लाख मत प्राप्त भएको दावी गर्दै उनले यस पटक ३५ लाखभन्दा बढि मत पाउने जिकिर गरे ।
चुनावपछि संसदीय दलको नेता पार्टी सभापति गगन थापा सर्वसम्मत रुपमा बन्ने बताउँदै घिमिरेले भावी प्रधानमन्त्री पनि थापा नै रहेको स्पष्ट पारे । अर्को प्रसंगतमा घिमिरेले पार्टीको १५ औँ महाधिवेशन वैशाखमा गर्न व्यवहारिक नहुने भन्दै आगामी पुस मसान्तभित्र महाधिवेशन गर्ने बताए ।

घिमिरेले मोरङ क्षेत्र नंं. ४ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । २०७९ को निर्वाचनमा सोही क्षेत्रको २ बाट प्रदेशसभामा घिमिरे पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds