लोड हुँदैछ...

मेनु

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा मौसममा सामान्य फेरबदल देखिएको छ ।

हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवालो लागेको छ । देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ । तराईका केही स्थानमा हुस्सु लाग्ने देखिए पनि बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । तराईका केही स्थानमा रातिको समयमा पनि हुस्सु लाग्ने सम्भावना रहेको छ ।

तराईका विभिन्न विमानस्थलहरूमा हुस्सु र कुहिरोका कारण दृश्यता ९ख्ष्कष्दष्ष्तिथ० कम हुँदा हवाई सेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । उडानमा ढिलाइ वा अवरोध हुन सक्ने भएकाले यात्रुहरूलाई सचेत रहन भनिएको छ ।

यस्तै, हुस्सुका कारण सडक यात्रामा समेत जोखिम बढ्न सक्ने भन्दै महाशाखाले लामो तथा छोटो दूरीका सवारीसाधनका चालकहरूलाई उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।