लोड हुँदैछ...

मेनु

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ उम्मेदवार, मोरङमा सबैभन्दा धेरै

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ उम्मेदवार, मोरङमा सबैभन्दा धेरै

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशका १४ वटा जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ ।

मंगलबार भएको मनोनयन दर्ता प्रक्रियामा कुल ५०४ जनाले विभिन्न पदका लागि आफ्नो उम्मेदवारी पेश गरेका छन् ।

प्राप्त तथ्याङ्क अनुसार, सबैभन्दा बढी मोरङ जिल्लामा ११८ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा समान १२–१२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जिल्लागत विवरण यस प्रकार छ ः
१. ताप्लेजुङ– १३ जना
२. पाँचथर– १५ जना
३. इलाम – क्षेत्र नं १ मा १३ र क्षेत्र नं २ मा १४ गरी जम्मा २७ जना
४. झापा – ५ वटा क्षेत्रमा जम्मा ८६ जना
५. संखुवासभा – १६ जना
६. तेह्रथुम – १२ जना
७. भोजपुर– १२ जना
८. धनकुटा– १८ जना
९. मोरङ – ६ क्षेत्रमा ११८ जना
१०. सुनसरी– चारवटा क्षेत्रमा १०९ जना
११. सोलुखुम्बु– १२ जना
१२. खोटाङ– १५ जना
१३. ओखलढुङ्गा– १६ जना
१४. उदयपुर– दुईवटा क्षेत्रमा ३१ जना

मंगलबार देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले बाजागाजा र समर्थक सहित पुगेर मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds