लोड हुँदैछ...

मेनु

एमाले निकट युवा संघ दमकका अध्यक्ष, उपाध्यक्ष र सचिव नै बालेनको पक्षमा

एमाले निकट युवा संघ दमकका अध्यक्ष, उपाध्यक्ष र सचिव नै बालेनको पक्षमा

विराटनगर । एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकका युवा संघका अध्यक्ष, उपाध्यक्ष र सचिव बालेनको पक्षमा खुलेका छन् ।

नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव नै रास्वपामा प्रवेश गरेका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका थिए । लगत्तै नगर कमिटीका सचिव कमलप्रसाद गैरेले पनि सामाजिक सञ्जालमार्फत नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीसँग झापा(५ मा चुनावी मैदानमा उत्रिएका शाहले मतदातासँग भेटवार्ता अघि बढाउँदा एमाले छाड्ने क्रम बढेको छ । अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने बताएका छन् । स्वतन्त्र जीवन विताउने बताएका उनी र उपाध्यक्ष तामाङले बालेनसँग भेटेको फोटो सार्वजनिक भएको छ ।

उनीहरुले झापा(५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। खतिवडाले आफ्नो मत परिवर्तनको पक्षमा मतदाता गर्न आह्वान गरेका छन्।

सचिव गैरेले पनि राजीनामा दिएपछि दमकका एमाले निकट युवामा नयाँ तरंग उत्पन्न भएको छ । स्थानीय स्तरमा प्रभावशाली मानिने यी दुई युवा नेताको बहिर्गमनले आगामी निर्वाचनमा एमालेलाई क्षति पुग्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds