विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसमा निर्वाचन क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट १३ जना रहेका छन्। यस पटक दुवै क्षेत्रमा मुख्य दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी समेत परेको छ।
निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका आधिकारिक उम्मेदवार दुर्गाकुमार थापाविरुद्ध देवराज राईले बागी उम्मेदवारी दिएका छन्। यस्तै निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार सुरेशकुमार राईविरुद्ध मेजरकुमार राईले स्वतन्त्र बागी उम्मेदवारी दर्ता गराएका छन्। राईले लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्।
क्षेत्र नम्बर १
१) दुर्गाकुमार थापा (स्वतिक) – नेकपा एमाले (आधिकारिक)
२) देवराज राई (कल्याण) – स्वतन्त्र (बागी एमाले विरुद्ध)
३) विदुर बस्नेत – नेपाली कांग्रेस
४) बलदेव चौधरी – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
५) अमृतबहादुर खत्री – नेकपा माओवादी
६) पारसमणि गेलाल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
७) गणेशकुमार राई – जनता समाजवादी पार्टी (जसपा)
८) खड्गबहादुर खत्री – नेपाल मजदुर किसान पार्टी
९) सुवासचन्द्र खड्का – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
१०) गोर्कण राई – नेपाल जनमुक्ति पार्टी
११) मनोजकुमार पौडेल – आम जनता पार्टी
१२) राजेशकुमार राई – श्रम संस्कृति पार्टी
१३) प्रशान्तकुमार राई – नागरिक सर्वोच्च पार्टी
१४) किशोर चौधरी – नेपाली जनता दल
१५) बद्रीविक्रम राई – मंगोल अर्गनाइजेशन पार्टी
१६) सुरेश राई – संयुक्त नागरिक पार्टी
१७) तिलक राई – राष्ट्रिय जनमोर्चा
१८) अर्जुन घिसिङ – उज्यालो नेपाल पार्टी
क्षेत्र नम्बर २
१) सुरेशकुमार राई – नेपाली कम्युनिस्ट पार्टी (आधिकारिक)
२) मेजरकुमार राई – स्वतन्त्र (बागी लिम्चुङबुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष)
३) रामकुमार राई – नेपाली कांग्रेस
४) अम्बरबहादुर रायमाझी – नेकपा एमाले
५) दुर्गाबहादुर तामाङ – नेकपा माओवादी केन्द्र
६) सूर्यबहादुर तामाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
७) केशवबहादुर मगर – जनता समाजवादी पार्टी (जसपा)
८) विष्णुबहादुर खड्का – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
९) पूर्णबहादुर बुढाथोकी – नेपाल मजदुर किसान पार्टी
१०) भाष्कर राई – मंगोल नेशनल अर्गनाइजेशन
११) अरुण राई – राष्ट्रिय परिवर्तन पार्टी
१२) बमबहादुर मगर – आम जनता पार्टी
१३) बलराज राई – श्रम संस्कृति पार्टी




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।