विराटनगर । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँ पालिका कााग्रेस सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधरण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका छन् ।
‘नेपाली कांग्रेस कमल गाउँ कार्य समिति सचिव पद र नेपाली कांग्रेसको साधारण सदस्य समेतबाट राजीनामा दिएको जानकारी सम्बन्धित पार्टी सभापतिलाई अवगत गराउँदैछु,’ बुढाथोकीले भनेका छन्, ‘हामीले पार्टीमा गरेको मेहनत र बगाएको पसिना एक दुई ठालुले मात्र ठगिखाने पेशा बनाएको र पार्टी सिस्टम़मा नचलेर नेताको हुकुममा चल्नु पर्ने परिपाटी कहिले सुधार हुने संकेत नदेखिएको र देशले मागेको परिबर्तनलाई अस्विकार गर्ने र यथास्थितिलाई अगाल्ने, आफ्नो व्यक्तिगत स्वार्थ सर्वोपरी राख्ने नेताको चरित्रले युवाको देश बनाउने अभियानमा बाधक हुने देखेको र मेरो आफ्नो स्वभाव र स्वाभिमानले समेत सो कुरालाई स्वीकार गर्न नसकेको हुँदा आजैका मितिदेखि रवि लामिछानेको अभियानमा सहभागि बन्दै युवा आइकोन बालेन शाहलाई झापा–५ बाट विजयी बनाउन मेरो निस्वार्थ सहयोग रहनेछ ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।