लोड हुँदैछ...

मेनु

एमाले निकट युवा संघ दमकका अध्यक्ष खतिवडाद्वारा पार्टी परित्याग, रास्वपा प्रवेश

एमाले निकट युवा संघ दमकका अध्यक्ष खतिवडाद्वारा पार्टी परित्याग, रास्वपा प्रवेश

विराटनगर । नेकपा (एमाले) निकट युवा संघ दमकका अध्यक्ष छबि खतिवडा एमाले त्यागेर रास्वपा प्रवेश गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बालेनसहितको आफ्नो फोटो पोष्ट गर्दै पार्टी परित्याग गरेको बताएका छन् ।

झापा ५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अन्य दलका स्थानीय युवालाई पनि प्रभाव पार्न सफल हुँदै गएका छन्। यसअघि काँग्रेसका दमक सभापति प्रकाश प्रसाई रास्वपा प्रवेश गरेका थिए । स्रोतका अनुसार युवा संघका सचिव कमल गैरे पनि रास्वपा प्रवेश गरेको जनाइएको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन ।

बालेनसँगको तस्बिर राख्दै छवि कतिवडाले के लेखे ?
आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु। यो मेरो राजनीतिक जीवनमा सहयोग गर्नुहुने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds