लोड हुँदैछ...

मेनु

बालेनको बिजोग : खल्ती रित्तो, निर्वाचन दस्तुर तिर्न प्रहरीको सापट !

बालेनको बिजोग : खल्ती रित्तो, निर्वाचन दस्तुर तिर्न प्रहरीको सापट !

दमक । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मंगलबार एउटा यस्तो दृश्य देखियो, जसले पूर्व–प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन पुगेका रास्वपा उम्मेदवार बालेन शाहको ‘हाई–फाई’ टोलीको धज्जी उडाएको छ । काठमाडौँ महानगरको बागडोर सम्हालेका र देशकै भावी प्रधानमन्त्रीको दाबी गर्ने बालेन शाह मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा उनको अवस्था ‘रित्तो खल्ती’ को जस्तो देखियो ।

हजारौँको जुलुस र पञ्चेबाजासहित तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहको व्यवस्थापन कति ‘लथालिङ्ग’ थियो भन्ने कुरा तब खुल्यो, जब उनीसँग उम्मेदवारी दर्ताका लागि चाहिने न्यूनतम १० हजार रुपैयाँ धरौटी रकम समेत फेला परेन । मनोनयनको फारम समेत नभरी भित्र छिरेका बालेनले पैसा नभएपछि कार्यालयभित्रै खल्लो महसुस गर्नुपरेको थियो ।

उम्मेदवारी दर्ताका लागि सबै प्रक्रिया पुरा भए पनि १० हजार रुपैयाँ बुझाउन नसक्दा केही बेर सन्नाटा छायो । अन्ततः बाहिर रहेका समर्थक वा शुभचिन्तकले जुटाएको पैसा सुरक्षामा खटिएका प्रहरीले भित्र पुर्‍याइदिएपछि मात्रै बालेनको उम्मेदवारी दर्ता सम्भव भयो । यो दृश्य देख्नेहरू चकित परे– ८ हजार मान्छे उतार्ने टिमले एउटा उम्मेदवारको गोजीमा १० हजार रुपैयाँ सम्म राख्न नसक्नु कस्तो हेलचेक्य्राइँ हो ?

पैसा मात्र होइन, बालेनको प्राविधिक तयारी पनि शून्य देखियो । अघिल्लै दिन लगिएको फारम रित्तै थियो । अन्तिम समयमा मोरङबाट पुगेका अधिवक्ता यज्ञमणि न्यौपानेले हतार–हतार विवरण भरिदिएर बालेनको बिग्रिएको साख जोगाएका थिए । पैसा नहुनु, कागजात नपुग्नु र सवा घण्टासम्म कुर्नुपर्दा बालेन यति चिडचिडिएका थिए कि उनले मिडियाकर्मीलाई समेत बाहिर निस्कन आदेश दिए ।

बजारमा ७–८ हजारको भीड जम्मा गरेर शक्ति प्रदर्शन गरेका बालेनको भित्री तयारी भने ‘खोक्रो’ देखियो । पैसाको अभावमा प्रहरीको हातबाट सापट लिए झैँ गरि पैसा भित्र मगाउनुले बालेनको झापा यात्रा तयारी बिनाको ‘स्टन्ट’ मात्रै त होइन भन्ने प्रश्न उब्जाएको छ ।

केपी ओलीलाई पछार्न हिँडेका बालेन पहिलो गाँसमै ढुङ्गा लागे झैँ आर्थिक व्यवस्थापनमै चिप्लिएका छन् । के रित्तो गोजीले ओलीको किल्ला भत्काउला त ?

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds