लोड हुँदैछ...

मेनु

उम्मेदवारी दर्तामा ओली र तामाङको जम्काभेट

ओलीको उमेर भत्ता खाएर बस्ने भएको रञ्जितको प्रतिक्रिया, ओलीले भने : पञ्जा लडाइ खेल्ने हो ?

ओलीको उमेर भत्ता खाएर बस्ने भएको रञ्जितको प्रतिक्रिया,  ओलीले भने : पञ्जा लडाइ खेल्ने हो ?

दमक । फागुन २१ गते हुने निर्वाचनमा देशकै केन्द्र बनेको छ, झापा क्षेत्र नं. ५ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्ययक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार भएको कारण सो क्षेत्र चर्चामा छ । सोही क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

झापा ५ मा उम्मेद्वारी दर्ता गर्न सोमबार ११ बजे रास्वपा, १२ बजे एमाले र १ बजे नेकपालाई निर्वाचन आयोगले समय दिएको थियो । रास्वपा उम्मेदवार साह तामझामसहित ११ः४५ बजेतिर मात्र निर्वाचन अधिकृतको कार्यालय पुगे । भब्य जुलुससहित उम्मेदवारी दर्तामा पुगेका उनको व्यवस्थापकीय पाटो भने भद्रगोल देखियो ।

निर्वाचन अधिकृतको कार्यालयमा न उनले उम्मेदवारी मनोननय फारम भरेका थिए, न समर्थकको फारम । सम्पत्ती विवरण र स्वघोषणा पनि उनको थिए । निर्वाचन कार्यालयका कर्मचारीले ती कागजात माग्दा रास्वपाका कार्यकर्तामा अलमल देखिएको थियो । त्यसपछि अधिवक्तासमेत रहेका मोरङ १ का रास्वपा उम्मेदवार यज्ञमणी न्यौपानेलाई उर्लाबारीबाट बोलाइयो ।

न्यौपाने आफ्नो उम्मेदवारी दर्ता छाडेर दमक पुगे । उनले बालेन्द्रको कागजात मिलाईदिए । त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया अगाडि बढ्यो । उम्मेदवारी दर्ताको धरौटी रकम १० हजार कर्मचारीले माग गर्दा रास्वपाका कार्यकर्ता फेरि मुखामुख गर्नथाले । बालेन्द्र र अन्य कार्यकर्ताले पनि नगद धरौटी रकम नबोकेको बुझियो । त्यसपछि बाहिर फोन गरेर रकम मगाईयो र जम्मा गरियो ।

उम्मेदवारी दर्तामा देखिएको अव्यवस्थाप्रति रास्वपाका स्थानीय कार्यकर्ता पनि असन्तुष्ट देखिएका थिए । उनीहरुले बालेन्द्रले स्थानीय कमिटिसँग समन्वय नगर्दा यस्तो समस्या भएको बताइरहेका थिए । त्यो अलमलले बालेन्द्रको उम्मेदवारी दर्ता गर्न करिब डेढ घण्टा समय लाग्यो ।

बालेन्द्रको ढिलाईको कारण एमाले अध्यक्ष ओली निर्वाचन कार्यालय आउन ढिलाइ भयो । उनीभन्दा अगाडि १ः३० बजेतिर नेकपाका उम्मेदवार रञ्जित तामाङ निर्वाचन कार्यालय पुगेका थिए । तामाङको उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको बेला एमाले अध्यक्ष ओली पनि निर्वाचन कार्यालय पुगे । उनले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दा उम्मेदवारी दर्ताको कागजात कार्यकर्ताले मिलाइसकेका थिए । त्यसपछि सनाखत गरेर उम्मेदवारी दर्ताको निस्सा लिने क्रममा ओली र तामाङ सँगै भए ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले तामाङ नेकपाको उम्मेदवार रहेको भन्दै ओलीसँग परिचय गराईदिए । तामाङले नमस्कार गर्दै शुभकामना दिए र आफू पनि चुनाबी मैदानमा रहेको बताए ।

ओलीले भने तामाङलाई हियाउने हिसाबले उम्मेद्वारी फिर्ता लिन भनेका थिए । जवाफमा तामाङले पनि ‘भत्ता खाने उमेर भएकोले आराम गर्नु राम्रो हुने’ जवाफ दिए । त्यसपछि अलि आक्रोशित सुनिएका ओलीले भने, ‘पञ्जा लडाई खेल्ने हो ?’
तामाङ पनि के कम, उनले भने, ‘जेष्ठ नागरिकसँग कुस्ती खेल्ने संस्कार छैन ।’ त्यसपछि दुबै आफ्नो बाटो लागेका थिए ।

उनीहरुको रोचक संवाद
तामाङ : तपाईलाई शुभकामना छ, म पनि चुनाबी मैदानमा छु ।
ओली : ए बाबु पनि उम्मेदवार हो ?
तामाङ : हो, २०७४ मा तपाईलाई चुनाब जिताउन भोट मागेको थिए, अहिले मैदानमा आफैं आएँ ।
ओली : उम्मेदवारी फिर्ताको समय छ, बिचार गर्दा हुन्छ ।
तामाङ : २०७४ मा तपाईको मत माग्दै क्षेत्रभरी हिँडेको हो । तपाईले त्यसको सम्मान गर्न सक्नुभएन । अहिले युवा आवाजको सम्बोधन गर्न म पनि मैदानमा उत्रिएको हुँ ।
ओली : उम्मेदवारी दर्ता गर्दा समस्या छैन, अझै पनि फिर्ता लिन पाइन्छ ।
तामाङ : हो, फिर्ता लिने समय छ । तपाईको उमेर पनि भत्ता खाएर आराम गर्ने हो ।
ओली : पञ्जा लडाई खेल्ने हो ?
तामाङ : नमस्कार ! जेष्ठ नागरिकसँग कुस्ती खेल्ने मेरो संस्कार छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds