लोड हुँदैछ...

मेनु

मोरङ ६ मा २० जनाको उम्मेदवारी, यस्तो छ सूची

मोरङ ६ मा २० जनाको उम्मेदवारी, यस्तो छ सूची

विराटनगर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका प्रभावशाली उम्मेदवार र स्वतन्त्र गरी कुल २० जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूची अनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइराला, नेकपा एमालेका तर्फबाट विनोद प्रसाद ढकाल, नेपाली कम्प्युनिष्ट पार्टीका ओपेन्द्रराय बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्यले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

१. अनु मगर – मंगोल नेशनल अर्गनाइजेसन
२. उत्तम दाहाल – स्वतन्त्र
३. उपेन्द्र कुमार राय – नेपाली कम्युनिष्ट पार्टी
४. किरण खड्का – स्वतन्त्र
५. कुमार प्रसाद खतिवडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
६. खडानन्द रिजाल – स्वतन्त्र
७. डा. शेखर कोइराला – नेपाली कांग्रेस
८. तिलकराम राजवंशी – नेपाल मजदुर किसान पार्टी
९. प्रिती झा – सार्वभौम नागरिक पार्टी
१०. बद्री पासवान – आम जनता पार्टी
११. बलराम खवास – नागरिक उन्मुक्ति पार्टी
१२. वसन्त बुढाथोकी – उज्यालो नेपाल पार्टी
१३. महम्मद जाविर – जनता समाजवादी पार्टी
१४. मातृका पौडेल – श्रम संस्कृति पार्टी
१५. राजु मण्डल राजवंशी – जनता समाजवादी पार्टी, नेपाल
१६. राम खत्री – स्वतन्त्र
१७. रूविना आचार्य – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१८. विनोद प्रसाद ढकाल – नेकपा (एमाले)
१९. सविन निरौला – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
२०. सुध राम माझी – जनमत पार्टी

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds