लोड हुँदैछ...

मेनु

मोरङ २ मा १७ जनाको उम्मेदवारी दर्ता

मोरङ २ मा १७ जनाको उम्मेदवारी दर्ता

सिजुवा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।

मोरङको सिजुवास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र गरी कुल १७ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूची अनुसार यस क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र प्रसाद रिजाल र नेकपा (एमाले) का तर्फबाट दिलिप कुमार अग्रवालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

मोरङ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने उम्मेदवारहरूको पूर्ण सूची:

१. मनोज कुमार राजवंशी – राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल
२. मेहेन्द्र कुमार रोका – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
३. धन बहादुर लिम्बु – मंगोल नेशनल अर्गनाइजेसन
४. धन बहादुर सुनुवार – राष्ट्रिय परिवर्तन पार्टी
५. फन्नु राज राजवंशी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
६. चन्द्र वीर राई – नेपाली कम्युनिष्ट पार्टी
७. अबुहो रेहु – श्रम संस्कृति पार्टी
८. अनिल कुमार साह – स्वतन्त्र
९. मिनेन्द्र प्रसाद रिजाल – नेपाली कांग्रेस
१०. धनिराम चौधरी – जनमत पार्टी
११. नरेश कुमार साह – स्वतन्त्र
१२. माधव प्रसाद राजवंशी – राष्ट्रिय मुक्ति पार्टी नेपाल
१३. दिलिप कुमार अग्रवाल – नेकपा (एमाले)
१४. कृष्ण कुमार कार्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१५. बुधु ऋषिदेव – स्वतन्त्र
१६. विनोद कुमार सिंह गनगाई – जनता समाजवादी पार्टी, नेपाल
१७. राजन निरौला – स्वतन्त्र

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds