लोड हुँदैछ...

मेनु

मोरङ ४ मा गुरु घिमिरेले वारेसमार्फत गराए मनोनयन

मोरङ ४ मा गुरु घिमिरेले वारेसमार्फत गराए मनोनयन

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । घिमिरेले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको तर्फबाट प्रतिनिधि विनोद बस्नेतले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका थिए । पार्टीको अन्य महत्त्वपूर्ण र विशेष जिम्मेवारीका कारण उम्मेदवारी मनोनयनको समयमा आफैँ उपस्थित हुन नसकेको घिमिरेले जानकारी दिएका छन् ।

मनोनयन दर्तापछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र मतदाताहरूलाई सम्बोधन गर्दै घिमिरेले लेखेका छन्, ‘पार्टीका अन्य महत्त्वपूर्ण जिम्मेवारीका कारण आजको उम्मेदवारी मनोनयनमा उपस्थित हुन सकिन। चाँडै नै साथीहरू र श्रद्धेय मतदाताहरूको घरआँगनमा उपस्थित हुनेछु।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds