लोड हुँदैछ...

मेनु

उम्मेदवारी दर्तापछि शेखरले भने, ‘टिकट कसलाई दिने भन्ने मलाई होइन, नेतृत्वलाई सोध्नुस्’

उम्मेदवारी दर्तापछि शेखरले भने, ‘टिकट कसलाई दिने भन्ने मलाई होइन, नेतृत्वलाई सोध्नुस्’

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि पार्टीभित्रको टिकट वितरण र उम्मेदवार चयनप्रति असन्तुष्टि पोखेका छन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले पार्टीले पुराना अनुहारलाई नै दोहोर्‍याएको र टिकट वितरणमा न्याय नभएको भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘उम्मेदवारको नाम किन दोहोरियो र कसले पायो भन्ने कुरा टिकट दिने साथीहरूलाई सोध्नुस्, मलाई सोधेर हुँदैन।’ उनले टिकट वितरण प्रक्रियामा आफ्नो पूर्ण सहमति नरहेको वा आफूले टिकट नबाँडेको संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।

पत्रकारहरूले पार्टीभित्रको पुस्तान्तरण र आगामी प्रधानमन्त्रीको उम्मेदवारका बारेमा सोधेको प्रश्नमा डा. कोइराला केही आक्रामक देखिएका थिए। उनले गगन थापा प्रधानमन्त्रीको उम्मेदवार हुने चर्चाका बारेमा भने, ‘त्यो त पार्लियामेन्ट्री बोर्ड र पार्टीले गर्ने निर्णय हो, अहिले नै हतार किर्नु ।’

उनले पत्रकारहरूलाई थप प्रश्न नगर्न आग्रह गर्दै भने, ‘नेपाली कांग्रेसलाई जिताउने हो भने यस्ता वाइयात कुराहरू नगर्नुस्, राम्रा कुराहरू गर्नुस्।’

कुराकानीका क्रममा डा. कोइरालाले आफूसँगै रहेकी पार्टीकी सह–महामन्त्री डिला संग्रौलालाई देखाउँदै भने, ‘यहाँ सह–महामन्त्री हुनुहुन्छ, अनि किन चिन्ता गर्नुहुन्छ ?’ उनले अहिलेको मुख्य ध्यान निर्वाचन जित्नुमा रहेको भन्दै आन्तरिक विवाद र प्रधानमन्त्रीको दौडका बारेमा धेरै चर्चा नगर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds